images
images
  • ओलीले विद्या प्यानलका कसैलाई दिएनन् टिकट

    काठमाडौं– नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको छ ।

    शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिकांश क्षेत्रमा टिकट वितरण गरेको हो ।

    सार्वजनिक सूचीअनुसार ओली झापा–५ बाट उम्मेदवार हुनेछन् ।

    उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण बिष्ट गुल्मी–२ बाट चुनाव लड्नेछन् ।

    उपमहासचिव लेखराज भट्ट कैलाली–४ र रघुबीर महासेठ धनुषा–४ बाट उम्मेदवार बनेका छन् ।

    तर, उपमहासचिव योगेश भट्टराईको ताप्लेजुङ क्षेत्रबारे निर्णय हुन सकेन ।

    स्रोतका अनुसार टिकट वितरण प्रणालीमै असहमति जनाउँदै भट्टराईले ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।

    यसैबीच उनले पार्टी निर्णयबाट विचलित नहुने र एमालेका उम्मेदवार जिताउने अभियानमा लाग्ने बताएका छन् ।

    इतर समूहका नेताहरू ईश्वर पोखरेल, गोकुल बास्कोटा, विनोद ढकाललगायतले टिकट नपाउँदा असन्तुष्टि बढेको छ ।

    जितिसकेका केही नेताहरूलाई समेत टिकट नदिइनु र स्पष्ट मापदण्ड नबनाइनु आन्तरिक एकताका लागि चुनौती बन्न सक्ने नेताहरूको भनाइ छ ।

    बाँकी क्षेत्रको निर्णय अध्यक्ष ओलीले छलफलपछि गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images