images
images
  • गगन–विश्वपक्षलाई आयोगले मान्यता दिएपछि देउवा समूह पुग्यो सर्वोच्च

    काठमाडौं– कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवापक्ष निर्वाचन आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालत पुगेको छ । आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि सर्वोच्च पुगेको हो ।

    निर्वाचन आयोगले दिएको निर्णयविरूद्ध विघटित केन्द्रीय समितिको शनिबार सानेपामा बसेको निष्कर्षअनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा नेताहरू रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

    निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफूहरू सर्वोच्च आएको बताएका छन् । यतिबेला नेता प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत पनि सर्वोच्च अदालत पुगेका छन् ।

    निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images