images
images
  • भेनेजुएलाका राष्ट्रपति मादुरोनिकटका मन्त्रीहरूलाई छानीछानी बर्खास्त

    काठमाडौं– भेनेजुएलाका अन्तरिम राष्ट्रपतिले अपदस्थ नेता निकोलस मदुरोका नजिकका सहयोगी मानिने व्यापारी एलेक्स साबलाई उद्योगमन्त्रीबाट बर्खास्त गरेका छन् । टेलिग्राम सन्देशमा राष्ट्रपति डेल्सी रोड्रिगेजले भने, ‘उद्योग मन्त्रालय वाणिज्य मन्त्रालयसँग जोडिनेछ र कोलम्बियामा जन्मेका भेनेजुएलाका साबलाई ‘मातृभूमिको लागि उहाँको सेवाको लागि धन्यवाद दिँदै उहाँलाई नयाँ जिम्मेवारी दिइनेछ ।’

    जनवरी ३ मा पूर्व शासक मदुरोलाई सत्ताच्युत गर्ने अमेरिकी सेनाको आक्रमणपछि वासिङ्टनको दबाबपछि यो परिवर्तन आएको हो । संयुक्त राज्य अमेरिकासँग कैदी आदानप्रदानको एक भागको रूपमा सन् २०२३ मा रिहा भएका साबलाई मदुरो सरकारले सन् २०२४ मा उद्योग मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

    उनले समाजवादी नेता मदुरोको लागि सम्पत्ति शुद्धिकरणको लागि काम गरेको आरोपमा अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा सन् २०२० मा केप भर्डेबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो, जहाँ उनी र उनका व्यापारिक साझेदार अल्भारो पुलिडोलाई भेनेजुएलाको लागि हुने खाद्य सहायताको दुरुपयोग गर्ने सञ्जाल चलाएको आरोप लगाइएको थियो ।

    अमेरिकाले मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेपछि रोड्रिगेजले भेनेजुएलाको सरकारका सदस्यलाई फेरबदल गरेको यो पछिल्लो महत्वपूर्ण निर्णय हो । यसैबीच भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो देशले ‘वास्तविक रूपमा प्रजातान्त्रिक सङ्क्रमण’ सुरु गरिरहेको र संयुक्त राज्य अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा स्वतन्त्र हुने बताएका छन् ।

    राष्ट्रपति ट्रम्पले नोबेल पुरस्कार विजेता मचाडोलाई नेतृत्वमा ल्याउने चर्चा तत्कालका लागि किनारा लगाइएको छ । मदुरोलाई कब्जामा लिएपछि ट्रम्पले तेलको धनी देश भेनेजुयलाको अन्तरिम नेताको रूपमा पूर्व उपराष्ट्रपति रोड्रिगेजलाई समर्थन गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images