images
images
  • एमालेसँग कांग्रेस गगन–विश्वपक्षको तालमेल, देउवा समूहले के गर्ला ?

    काठमाडौं– निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएलगत्तै कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा नेतृत्वले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँगको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    नयाँ केन्द्रीय समितिले अघिल्लो नेतृत्वका राजनीतिक निर्णयलाई अविच्छिन्न उत्तराधिकारका रूपमा स्वामित्व लिने निष्कर्ष निकालेको हो ।

    यद्यपि, विशेष महाधिवेशनले भविष्यमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरेको छ ।

    प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचन मात्रका लागि सहकार्य निरन्तरता दिइएको र यसले दीर्घकालीन गठबन्धन जनाउँदैन भने ।

    प्रतिनिधिसभा निर्वाचनमा भने तालमेल नगर्ने अडान नयाँ नेतृत्वको छ ।

    ११ माघमा हुने निर्वाचनका लागि कांग्रेस–एमालेबीच नौ–आठ सिटको भागबन्डा भएको छ भने एक सिट जसपा नेपालसँग तालमेल गरी महन्थ ठाकुरलाई जिताउने सहमति छ ।

    कांग्रेसको भागमा परेका सिटमध्ये देउवा पक्षले ६ र शेखर पक्षले ३ सिट लिएका छन् । गगन पक्षबाट उम्मेदवार छैनन् ।

    सबै प्रदेशमा कांग्रेस–एमालेको मतभार सुविधाजनक बहुमतमा रहेकाले गठबन्धनलाई सहज देखिएको छ ।

    तर, कांग्रेसको आन्तरिक विवादले जनप्रतिनिधि विभाजित भए मतभार तलमाथि हुने सम्भावना कायमै छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images