images
images
  • देउवा, ओली र रेणुसँग भिड्ने तयारीमा रास्वपाका बालेन, सोविता र सागर

    काठमाडौं– भदौ २३–२४ को जेनजी आन्दोलनपछि सरकार परिवर्तन भएसँगै देश निर्वाचनतर्फ उन्मुख भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ भने माघ ६ गते उमेदवारी दर्ता हुँदैछ ।
    यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा चर्चामा छ ।

    रास्वपाले माघ ५ गते जनकपुरबाट पहिलो चुनावी घोषणासभा गर्दैछ, जहाँ सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पहिलो पटक एउटै मञ्चमा देखिनेछन् ।

    पूर्वसहमति अनुसार बालेनलाई भावी प्रधानमन्त्रीको उमेदवारका रूपमा अघि सारिएको छ ।

    रवि लामिछाने चितवन–२, एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन झापा–५, डा. स्वर्णिम वाग्ले तनहुँ–१, डोलप्रसाद अर्याल काठमाडौं–९, शिशिर खनाल काठमाडौं–६, हरि ढकाल चितवन–१, नेकपाकी रेणु दाहाल र सोविता गौतम चितवन–३, डा. तोसिमा कार्की ललितपुर–३ लगायतका नेताहरू चुनावी मैदानमा उत्रने तयारीमा छन् ।

    सागर ढकाल डडेलधुराबाट शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

    रास्वपाले सबै निर्वाचन क्षेत्रमा उमेदवारी दिने र १५१ सिट जितेर बहुमतको सरकार बनाउने दाबी गरेको छ ।

    उमेदवार छनोट अन्तिम चरणमा पुगेको र आन्तरिक प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छानिने पार्टीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images