काठमाडौं– निर्वाचन आयोगमा शुक्रबार सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कान्तिपथस्थित आयोग परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने गेटबाट सीमित व्यक्तिलाई मात्र कार्ड जाँचपछि प्रवेश दिइएको छ । कांग्रेसका सामान्य कार्यकर्तालाई भित्र जान रोकिएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्मालगायत पदाधिकारीलाई भने प्रवेश दिइएको छ । गगन थापा र देउवा पक्ष दुवै आयोग जाने सूचनापछि सुरक्षा कडाइ गरिएको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपाबाट आयोग पुगेका छन् । गगन थापाको नेतृत्वमा विशेष महाविधेशनबाट बनेको कार्यसमिति पनि आयोगमा छलफलमा छ ।
यसअघि देउवा पक्षले शुक्रबार बिहान आधिकारिकताको दाबी गर्दै कागजात बुझाएको थियो भने थापा पक्षले बिहीबार निवेदन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























