काठमाडौं– शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले पार्टीलाई मान्यता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले गलत निर्णय गरे कांग्रेस आन्दोलनमा उत्रिने स्पष्ट पारे ।
‘निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने विश्वास हामीलाई छ, तर केही आशंका पनि छन्,’ खड्काले भने, ‘यदि आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँ–गाउँ र वडावडाबाट चारतारे झण्डा बोकेर सडकमा उत्रिनेछौं ।’
उनले त्यस्तो अवस्था आए पार्टीको आह्वानमा देशभरका कार्यकर्ता तथा भातृ–शुभेच्छुक संगठनलाई आन्दोलनमा सक्रिय रूपमा सहभागी हुन निर्देशन पनि दिए ।
प्रतिक्रिया दिनुहोस्























