काठमाडौं– नेपाली कांग्रेसका गगन थापा सभापति रहेको समूहले निर्वाचन आयोगमा २६ सय ५२ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको दाबी गरेको छ ।
सो समूहका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार सार्वजनिक गरेको धारणाअनुसार बिहीबार उक्त हस्ताक्षर आयोगमा पेस गरिएको हो ।
घिमिरेका अनुसार विशेष महाधिवेशनको माग गर्दा कुल ४६ सय ३५ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाको हस्ताक्षर संकलन गरिएको थियो ।
जुन कुल संख्याको ५४.५८ प्रतिशत हो । पछि महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या २६५२ पुगेको छ, जसले कुल प्रतिनिधिको ५७.२१ प्रतिशत हिस्सा ओगट्छ ।
उनले निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये केवल २९ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको र त्यससम्बन्धी अभिलेख सचिवालयमा सुरक्षित रहेको जानकारी पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























