images
images
  • पश्चिमबाट पानी पार्ने बादल भित्रिँदै, वर्षा र हिमपातको सम्भावना कति ?

    काठमाडौं– रोपिएन सेन्टर फर मिडियम रेन्ज वेदर फरकास्ट र ग्लोबल फरकास्ट सिस्टमले माघ ९ देखि १३ गतेसम्म देशका विभिन्न भागमा वर्षा हुने प्रक्षेपण गरेका छन् ।

    यस अवधिमा पानी परेमा यो चालु हिउँदको पहिलो वर्षा हुनेछ ।

    मौसमविद विनोद पोखरेलका अनुसार पश्चिमबाट भित्रिने नयाँ मौसमी प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई बढी प्रभाव पार्नेछ भने लुम्बिनी, गण्डकी, बागमती र कोशी आंशिक प्रभावित हुने देखिएको छ ।

    काठमाडौंमा भने वर्षाको सम्भावना कमजोर छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले आगामी तीन दिन वर्षाको सम्भावना न्यून रहेको बताए ।

    हाल भित्रिँदै गरेको बादल सुख्खा भएकाले वर्षा गराउने अवस्था नरहेको उनको भनाइ छ ।

    हिउँद याम सुरु भएदेखि हालसम्म पानी नपर्दा वायुप्रदूषण, डढेलो र आगलागीका घटना बढिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images