काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा सहितका सम्पूर्ण पदाधिकारीहरू निर्वाचन चिह्नलगायतका विषयमा छलफल गर्न शुक्रबार दिउँसो निर्वाचन आयोग जाने भएका छन् ।
यसअघि आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका पदाधिकारीहरू सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोग पुगेका थिए ।
त्यसपछि गगन पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि आयोगसँग छलफल गर्न जाने तयारीमा रहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























