images
images
  • रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट (रिटसहित)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    युवराज सफलले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाएर रिट पेस गरेका हुन् ।

    रिटमा पुस ३० गतेको निर्णय र सम्बन्धित पत्राचार बदर गर्न माग गरिएको छ ।

    निवेदकले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा अवरोध नगर्न परमादेशको माग गरेका छन् र

    कानुनविपरीत र बदनियतपूर्ण निर्णय गर्दै लामिछानेलाई उन्मुक्ति दिन खोजिएको रिटमा दाबी गरिएको छ ।

    DocScanner 16 Jan 2026 10 50 1 page 0001 DocScanner 16 Jan 2026 10 50 1 page 0002 DocScanner 16 Jan 2026 10 50 1 page 0003

    प्रतिक्रिया दिनुहोस्
    images
    images