काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका आठ सय ८५ जनाले हस्ताक्षर फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।
शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्तासम्बन्धी निवेदन र प्रमाण पेस गरेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा गरिएको विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै देउवा समूह आयोग पुगेको हो ।
विशेष महाधिवेशनका लागि आवश्यक प्रमाण नपुगेको देखाउन हस्ताक्षर फिर्ताको प्रमाण बुझाइएको खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्























