images
images
  • कांग्रेस विवाद आयोगको कोर्टमा : जंगिएका देउवा पक्षका नेता–कार्यकर्ता कान्तिपथमा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् । शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।

    स्रोतका अनुसार विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतलगायत नेताहरू आयोग कार्यालयमा उपस्थित भइसकेका छन् । गगन थापा–विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसभित्र आधिकारिकता सम्बन्धी विवाद उत्पन्न भएको छ ।

    यसैबीच, गगन पक्षले बिहीबार आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । उक्त निवेदनसँगै आयोगमाथि निर्णय गर्न दबाब बढेको छ । देउवा पक्षले पनि आफ्नो पक्षमा निर्णय गराउन दबाब सिर्जना गर्ने उद्देश्यले नेताहरूलाई आयोग पठाएको बुझिएको छ ।

    उता, नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पनि निर्वाचन आयोग घेराउ गर्ने तयारी गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images