images
images
  • सभापति गगनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वसम्बन्धी कागजात आयोगमा बुझाए

    काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वसम्बन्धी कागजात निर्वाचन आयोगमा बुझाएका छन् ।

    सभापति थापाले बिहीबार (माघ १) मा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई उक्त दस्तावेज हस्तान्तरण गरेका हुन् । यस अवसरमा सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरू निर्वाचन आयोग पुगेका थिए ।

    नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकपछि पार्टीको विवरण अद्यावधिक गराउन उनीहरू आयोग पुगेका हुन् ।

    आयोग जाने टोलीमा सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत पदाधिकारीहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images