images
images
  • प्रचण्ड नेतृत्वको नेकपा केन्द्रीय सदस्य सीता ढुंगाना रास्वपामा प्रवेश

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सीता ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् ।

    गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी ढुंगाना पहिले एमालेबाट उपाध्यक्ष थिइन् र पछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी थिइन् ।

    प्रचण्डको नेकपा (माओवादी केन्द्र) र माधव नेपालको नेकपा एकीकृत समाजवादीलगायत पार्टीबीच एकता भएपछि ढुंगाना नेकपाको केन्द्रीय सदस्य बनेकी थिइन् ।

    ढुंगाना रास्वपामा प्रवेश गरेपछि पूर्वमन्त्री, मुख्यमन्त्री र नेकपाका उच्च तहका नेता राजेन्द्र पाण्डेलाई ठूलो राजनीतिक झटका लागेको चर्चा चलेको छ । रोचक पक्ष के छ भने रास्वपामा प्रवेश गरे पनि उनका सामाजिक सञ्जालमा अझै नेकपाको केन्द्रीय सदस्यको पद उल्लेख छ ।

    यो कदमले आगामी राजनीतिक गतिविधि र गठबन्धनको समीकरणमा असर पर्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images