काठमाडौं– कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू निर्वाचन आयोग पुगेका छन् ।
ललितपुरको कुपन्डोलमा बसेको पहिलो केन्द्रीय समितिको बैठकले कार्यसमिति अद्यावधिक गर्दै सभापति शेरबहादुर देउवाको सट्टा गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ । बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ ।
प्रवक्ता चालिसेले निर्वाचन आयोगका अभिलेख अद्यावधिक गर्न आवश्यक कदम चाल्ने तयारी भएको जानकारी दिए । उनले भने, ‘उम्मेदवारका हस्ताक्षर परिवर्तन, समानुपातिक सूची संशोधन र कानुनी दायित्व पूरा गर्ने निर्णय भएको छ ।’
केन्द्रीय समितिको अर्को बैठक शुक्रबार बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्























