काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज विशेष पार्टी प्रवेश, पत्रकार भेटघाट तथा माघे सङ्क्रान्ति शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दैछ ।
कार्यक्रम दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा हुने पार्टीले जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू रास्वपामा प्रवेश गर्ने बताइएको छ ।
यस अवसरमा पार्टी नेतृत्वले पत्रकारहरूसँग समसामयिक राजनीतिक विषयमा धारणा राख्ने तथा माघे सङ्क्रान्तिको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
रास्वपाले पछिल्लो समय संगठन विस्तार र जनसम्पर्कलाई तीव्रता दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्























