काठमाडौं– गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्य समिति बैठक बिहीबार बस्ने भएको छ ।
बुधबार सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।
बैठकपछि विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न कांग्रेस नेतृत्व निर्वाचन आयोग जाने तयारीमा छ । अधिवक्ता राजु कटवालका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आयोग पुगेर आवश्यक अभिलेख अद्यावधिक गरिनेछ ।
विशेष महाधिवेशनका कागजात, निर्णय र अभिलेखलाई औपचारिक रूपमा दस्तावेजीकरण गर्न कटवालसहितको टोलीले सहजीकरण गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























