images
images
  • चुनाव प्रचारमा कमसल गगन र विश्वको हातमा कांग्रेस

    काठमाडौं– २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेसको कमजोर अवस्थाबाट पार्टीलाई उकास्न गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा नेतालाई ‘स्टार क्याम्पेनर’ बनाउने प्रस्ताव उठेको थियो ।

    तर, सभापति शेरबहादुर देउवापत्नी आरजु राणाले यसलाई नेतृत्वप्रतिको चुनौती ठहर गर्दै रोकिदिइन् । उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल र डा. शेखर कोइरालाको वरिपरि संगठित रहेको र युवा नेताको ‘क्रेडिबिलिटी’ नभएको भन्दै सन्देश पठाएकी थिइन् ।

    त्यसपछि २०७४ को चुनावमा कांग्रेस वाम गठबन्धनसामु ऐतिहासिक रूपमा कमजोर भयो । तर, संस्थापनको अवरोधका बाबजुद गगन र विश्वप्रकाशको लोकप्रियता बढ्दै गयो र १४औं महाधिवेशनबाट दुवै महामन्त्री निर्वाचित भए ।

    महामन्त्री बनेपछि उनीहरूले देउवा नेतृत्वको आलोचना गर्दै पार्टी रूपान्तरणको माग चर्काए । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै विशेष महाधिवेशनको माग उठ्यो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटे पनि संस्थापनले माग बेवास्ता गर्‍यो ।

    अन्ततः गगन–विश्वको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरियो र गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भए । त्यसको प्रतिकारमा देउवा समूहले गगन, विश्वप्रकाश र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गर्‍यो ।

    यससँगै कांग्रेस औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ । कहिल्यै चुनावी अभियानका लागि लायक नठानिएका युवा नेता विद्रोहमार्फत केन्द्रमा पुगेका छन् भने संस्थापन पक्ष देउवा–कोइरालाको साँघुरो घेरामा सीमित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images