काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशातर्फ अघि बढेको बताएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा भेला भएका नेता–कार्यकर्तालाई पछिल्लो वार्ताबारे ब्रिफिङ गर्दै पार्टी फुट्ने अवस्थामा पुगेको बताएका हुन् ।
खड्काका अनुसार सभापति अत्यधिक लचिलो बने पनि महामन्त्रीहरू सहमत नभएका र उम्मेदवारी मनोनयन प्रक्रिया समेत सुरु भइसकेकाले अब विभाजनतर्फ जाने अवस्था सिर्जना भएको छ ।
उनले अब बैठक हिजोझैं रोकिने अवस्था नरहेको उल्लेख गर्दै आवश्यक थप कदम केन्द्रीय कार्यसमितिले चाल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्























