काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समिति स्रोतका अनुसार भृकुटीमण्डपमा जारी महाधिवेशनमा दुवैले उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापति पदमा भने गगन थापाको एकल उम्मेदवारी परेको छ ।
सहमतिका लागि थापाले शेरबहादुर देउवासँग गरेको वार्ता असफल भएपछि महामन्त्री थापा र शर्माले कानुनविद्सँग परामर्श गरिरहेका छन् ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारको नामावली दिउँसो १ बजे सार्वजनिक हुनेछ ।
प्रतिक्रिया दिनुहोस्























