काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिन फाइल अगाडि बढाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
अभियन्ता युवराज सफलले बुधबार टंगालस्थित अख्तियार कार्यालयमा उजुरी दर्ता गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा आर्थिक चलखेलका आधारमा फिर्ता लिन खोजिएको दाबी गरेका छन् ।
उजुरीमा महान्यायाधिवक्ता भण्डारी र रवि लामिछाने पक्षबीच गोप्य भेटघाट भएको र निवेदनमार्फत मुद्दा फिर्ता प्रक्रिया अघि बढाइएको उल्लेख छ ।
यसअघि डिम्ब तस्करीसम्बन्धी मुद्दा नचलाउने निर्णयमा पनि आर्थिक लेनदेन भएको आशंका व्यक्त गरिएको छ । सफलले ती फाइल तत्काल जफत गरी छानबिन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























