काठमाडौं– टुकुचा खोला पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा छ ।
एशियाली विकास बैंकको ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ । साथै ५ वर्षको सञ्चालन सेवा अवधि तोकिएको छ ।
परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाता EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली छ ।
केही दिनअघि शहरी विकास मन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















