images
images
  • एमाले महाधिवेशनले जेनजी विद्रोहलाई पूर्णत: बेवास्ता गर्‍यो

    काठमाडौं– राजनीतिक विश्लेषक विष्णु सापकोटाले नेकपा एमालेको महाधिवेशनले भदौ २३ र २४ को जेनजी व्रिदोहलाई पूर्णतस् बेवास्ता गरेको टिप्पणी गरेका छन् ।

    एमालेको ११ औं महाधिवेशनबाट केपी ओली अध्यक्ष तेस्रोपटक चुनिएका छन् । एमालेको महाधिवेशन र नयाँ नेतृत्वबारे प्रतिक्रिया दिँदै विश्लेषक सापकोटाले भने, ‘यो देशमा भदौ २३ २४ भएको व्रिदोहलाई यो महाधिवेशनले ‘नोट’ गरेन । एमालेका महाधिवेशन प्रतिनिधिले नोट नगर्नु मुख्या राजनीतिक सन्देश हो ।’

    नयाँ नेतृत्व चयनले ‘जेनजी विद्रोह’ पछि फेरि पनि चुनिएर आएको भन्ने बाहेक यो महाधिवेशनको अर्थ नभएको टिप्पणी गरेका छन् ।

    २०७८ सालमा भएको १० औं महाधिवेशन भन्दा थोरै सकरात्मक पक्ष अर्को प्यानलबाट पनि प्रतिस्पर्धा गर्नसक्ने अवस्था बाहेक अन्य अन्तर नरहेको सापकोटाले बताए । सापकोटाले भने, ‘यो हामी सच्चिनेवाला छैनौं । हामी गलत नै छैनौं । र, हामी सच्चिने वाला छैनौं भन्ने देखियो । महाधिवेशन प्रतिनिधि स्वतन्त्र चेत भएको देखिएन ।’

    समाजले दलहरु ठूलो परिवर्तन खोजेपनि त्यसलाई आत्मसाथ एमालेको महाधिवेशनले गर्न नसकेको सापकोटाको विश्लेष्ण छ ।

    अघिल्लो महाधिवेशनसँग तुलनात्मक सुधार प्रतिस्पर्धी अर्को प्यानलबाट पनि हुँदा आन्तरिक लोकतन्त्र थोरै भएपनि देखिएको सापकोटा बताउँछन् । अध्यक्षमा पराजित ईश्वर पोखरेलले प्राप्त गरेको मत उकुसमुकुसको मत प्रस्फुटन भएको सापकोटा विश्लेषण गर्छन् ।

    दलमा रुपान्तरणका लागि नयाँ र सक्षम अनुहार देखिनुपर्नेमा महाधिवेशनले पुरानै अनुहार अनुमोदन गरेको सापकोटाले बताए ।

    एमालेबाट आएको नयाँ नेतृत्वले पुराना राजनीतिक दलमा परिवर्तन नभएपनि हुने सन्देश दिएको समेत दिएको सापकोटा बताउँछन् । सापकोटा भन्छन्, ‘पुराना दलहरु नसुध्रिए पनि हुने बल एमाले महाधिवेशनले दियो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images