images
images
  • सचिवमा महेश र छविलाल शीर्षमा, पोखरेल पक्ष बढारिने खतरा

    काठमाडौं– एमालेको ९ जना सचिवका लागि भएको निर्वाचनमा संस्थापन पक्षको प्रभूत्व देखिएको छ ।

    पछिल्लो मतगणना अनुसार संस्थापन पक्षका महेश बस्नेत र छविलाल विश्वकर्माले सर्वाधिक लोकप्रिय मत पाएका छन् ।

    सुरुको अपडेटमा पद्मा अर्याल अगाडि थिइन् भने दोस्रो अपडेट अनुसार बस्नेतले उनलाई उछिनेका हुन् । बस्नेत र विश्वकर्मालाई बराबर ३११ मत आउँदा अर्याललाई ३०५ मत आएको छ ।

    चौंथो सर्वाधिक मत शेरधन राईल पाएका छन् । उनलाई अहिलेसम्म ३०० मत आएको छ ।

    टप ९ भित्र अटाएका अन्य ५ उम्मेदवारहरूमा क्रमशः हिक्मत कुमार कार्की यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन् ।

    ईश्वर पोखरेल पक्षका उम्मेदवार गोकुल बास्कोटालाई सचिवमा बलियो दाबेदार मानिएको थियो ।

    तर, उनी टप ९ भित्र अटाउन संघर्ष गरिरहेका छन् । बास्कोटालाई अहिलेसम्म १९२ मत आएको छ । पोखरेल पक्षका अन्य उम्मेदवारहरू पछाडि परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images