images
images
  • सिन्धुलीकी दिलकुमारीले गरिन् ह्वीलचियरवाटै बञ्जीजम्प

    काठमाडौं– जन्मदिनको अवसर पारेर सिन्धुलीकी दिलकुमारी देवकोटा (दीपा) ले ह्वीलचियरमै बञ्जीजम्प गरेकी छिन् ।

    अपांगता भएकी महिलाले ह्वीलचियर सहित बञ्जीजम्प गरेको नेपालमै पहिलो रहेको समेत बताईएको छ ।

    कमलामाई नगरपालिका वडा नं. ४ निवासी उनले मंगलबार भोटेकोशी गाउँपालिकाको सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’मा रहेको १६० मिटर उचाइको पुलबाट बन्जी जम्प गरेकी हुन् ।

    देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपांगता बाधा नभएको सन्देश समेत दिएकी छिन् ।

    स्पाइनल सम्बन्धि शारीरिक अपांगता भएकी उनी अपांगता अधिकारको क्षेत्रमा क्रियाशिल समेत छिन् ।

    बञ्जी जम्प गरेपछि उनले भनेकी छिन्, ‘अपांगता कमजोरी होइन । आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौं । मेरो यो प्रयासले अपांगता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images