images
images
  • एमाले महाधिवेशन : यसरी हुँदैछ मतगणना

    काठमाडौं–  नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएसङ्गै मुचुल्का उठाउने काम सुरु भएको छ । निर्वाचन आयोगले भृकुटीमण्डपमा मतगणा गर्ने तयारी गरिरहेको जनाएको छ । केही बेरमा गणना सुरु हुनेछ ।

    नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग गरिएको थियो ।

    मतगणनाका लागि ८० वटै मेसिनको फरक–फरक मुचुल्का तयार गरिँदैछ । त्यसपछि मतगणना सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार गणना सुरु भएको करिब ३ घण्टामा परिणाम आउनेछ ।

    यसरी हुँदैछ मतगणना 
    – हरेक मेसिनको छुट्टाछुट्टै मुचुल्का गर्ने

    – प्रतिनिधि र मत संख्या ट्याली गर्ने ।

    – मत संख्या मिलेपछि मेसिन लक गर्ने ।

    – मेसिनबाट चिप्स निकालेर अलगअलग खाममा खामबन्दी गर्ने ।

    – कलेक्सन भएका सबै खामहरुलाई फेरि एउटै खाममा नम्बरिङ गरेर प्याकिङ गर्ने

    – उम्मेदवारका प्राविधिक, एक जना प्रतिनिधि, मेसिनका प्राविधिकहरु र निर्वाचन आयोगका प्रतिनिधिहरुको रोहबरमा मतगणा प्रारम्भ गर्ने

    – मतपरिणाम घोषणा गर्ने

    मत मत परिणाम सार्वजनिक, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम भृकुटीमण्डपमै हुनेछ ।

    यसपटक एमालेको नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेका केहीले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images