images
images
  • एमाले महाधिवेशन : मतगणना १० बजे सुरु हुने

    काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु गर्न बिहानको १० बज्ने भएको छ ।

    निर्वाचन आयोगका अनुसार सम्पूर्ण तयारी सकेर मतगणना सुरु गर्न १० बज्न सक्छ।

    मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ ।

    अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ ।

    त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् ।

    महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images