images
images
  • एमाले महाधिवेशन : अहिलेसम्म कति खस्यो मत ?

    काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा बुधबार बिहान ११:३० बजेसम्म ३८० मत खसेको छ।

    भोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि मतदान भइरहेको हो। मेसिन प्रयोग गरिए पनि मतदानमा धेरै समय लागिरहेको गुनासो मतदाताले गरेका छन्।

    मत हालेर निस्किएका एकजना एमाले महाधिवेशन प्रतिनिधिले भने, ‘जान्नेलाई पनि २५ देखि ३० मिनेट लाग्छ। नाम लिस्ट हेर्नुपर्ने व्यक्तिलाई त ५० मिनेटसम्म लाग्छ।’

    अशक्तहरूलाई प्राथमिकता दिएर अगाडि मत खसाल्ने व्यवस्था मिलाइएको छ भने आफैँ मत हाल्न नसक्नेहरूले सहयोगका लागि इच्छाएको व्यक्ति रोज्न पाउँछन्।

    एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images