images
images
  • एमाले महाधिवेशन : आज बेलुकी १० बजेसम्म मतदान सक्ने लक्ष्य

    काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशनमा अहिले मतदान चलिरहेको छ। अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ।

    मतदान भृकुटीमण्डपमै भइरहेको छ। दुई घन्टामा ३५० जनाले मतदान गरिसकेका छन्। एमालेमा २२ सय ६२ जना महाधिवेशन प्रतिनिधि छन्। एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ।

    एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने लक्ष्य लिएको छ। त्यसलगत्तै मतपरिणाम आउनेछ। विद्युतीय मतदान भइरहेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images