images
images
  • एमाले महाधिवेशन : मतदाताको लाइनमै छिरेर प्रतिनिधिसँग मत माग्दै ज्योति मगर

    काठमाडौं– गायिका ज्योति मगर बुधबार पनि एमाले महाधिवेशनको प्रचार–प्रसारमा देखिएकी छिन् । मतदानका लागि लाइन लागेका प्रतिनिधिसँग उनले मत मागिरहेकी छिन् ।

    मगर आफै भने प्रतिनिधि होइनन् । उनले पूर्णबहादुर गुरुङलाई मत मागिरहेकी छिन् । गुरुङ आदिवासी खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुन् ।

    मंगलबार पनि मगरले युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै एमाले महाधिवेशनमा प्रचार गरिरहेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images