images
images
  • एमाले महाधिवेशन : ओली नआउँदा मतदानमा ढिलाइ

    काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानमा बुधवार पनि विलम्ब भएको छ ।

    बिहान ८ बजेदेखि मतदान हुने बताइए पनि ९ बजेसम्म पनि मतदान सुरु हुन नसकेको हो ।

    अध्यक्ष केपी शर्मा ओली मतदानस्थल आएलगत्तै मतदान सुरु हुने बताइएको छ । यद्यपि बिहान ९ बजेसम्म ओली भृकुटीमण्डप पुगेका छैनन् ।

    नेता कार्यकर्ता भने मतदानको लागि लाइन लागेका छन् । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने मतदान स्थल पुगिसकेका छन् ।

    मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images