images
images
  • एमाले महाधिवेशन : नेतृत्व चयन गर्न मतदानका लागि लाइनमा प्रतिनिधि

    काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदानको तयारी पूरा भएको छ ।

    विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो । मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै आज बिहानलाई सारिएको थियो । बिहान ८ बजेदेखि मतदान सुन हुने सूचना पाएपछि प्रतिनिधिहरु लाइनमा बसेका छन् ।

    विद्युतीय मेसिनहरु मतदानका लागि तयार भइसकेको र आफूहरु मतदान गराउन तयारी अवस्थामा रहेको प्राविधिक पक्षले जनाएको छ ।

    प्राविधिक लक्ष्मण रिमालका अनुसार मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । प्राविधिक कुनै समस्या छैन । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सुरु हुन्छ ।

    मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

    केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images