images
images
  • एमाले महाधिवेशन : ११ जना सर्वसम्मत, १५ को उम्मेदवारी फिर्ता र दुईको खारेज

    काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्।

    पार्टी केन्द्रीय निर्वाचन आयोगका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन्।

    यस्तै, केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाटै नरेश रोकाया र सुशीलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।

    त्यसैगरी, दुईजनाको उम्मेदवारी खारेज गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए।

    त्यस्तै, एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन्। उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

    एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदै छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images