images
images
  • एमाले महाधिवेशनमा भोट माग्न पुगिन् गायिका ज्योति मगर

    काठमाडौं– गायिका ज्योति मगर नेकपा एमालेको ११ औं महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डप पुगेकी छन्।

    महाधिवेशनमा उम्मेदवार रहेका नेताहरूलाई मत माग्न र चुनावी प्रचारका लागि उनी मंगलबार बिहान भृकुटीमण्डप पुगेकी हुन्।

    गायिका मगरले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका पूर्णबहादुर गुरूङ र किरण गुरूङ लगायतको पक्षमा महाधिवेशन प्रतिनिधिहरूसँग मत मागेकी छन्।

    उम्मेदवारको फोटो हातमा लिँदै उनले मत मागेकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images