images
images
  • एमाले महाधिवेशन : भित्री रणनीतिमा ईश्वर समूह, फिल्डमा आक्रामक ओली पक्ष आक्रामक

    काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्वमा लागि आज मतदान हुँदैछ । केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्प्रर्धामा रहेका हुन् ।

    मतदानस्थल भृकुटीमण्डपमा बिहान देखि नै नेता–कार्यकर्ताहरू उपस्थित भई उम्मेदवारका पक्षधरमा प्रचार गरिरहेका छन् । नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनुअघि केपी शर्मा ओली पक्षका नेताहरुले महाधिवेशन स्थलमा आक्रामक प्रचार गरिरहेका छन् । ईश्वर पोखरेल समूह भने फिल्डमा सुस्त देखिन्छ ।

    नेताहरूका अनुसार ईश्वर पोखरेल समूह फिल्डमा कम देखिएता पनि भित्री रणनीतिमा रहेको छ । खासगरी एमालेको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग ईश्वर समूह संवादमा छ ।

    नेता रघुजी पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उम्मेदवारी दिएका हुन् । ओली प्यानलबाट पदाधिकारीका आकांक्षीद्धय अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

    अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्रै राखिएको थियो । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।

    प्रधानमन्त्री रहेका बेला ओलीको विज्ञ सल्लाहाकार भएर समेत खरेलले काम गरेका थिए । उनी कानुनमन्त्री पनि बनेका थिए । उनले केपी ओलीले संसद् विघटन गरेको बेलामा महान्यायाधिवक्ताको रुपमा गलत हुने भित्रि सल्लाह दिएका थिए ।

    कृष्णगोपाल श्रेष्ठ पनि ओली प्रधानमन्त्री हुँदा उनको मन्त्रिपरिषद्मा रहेर काम गरेका व्यक्ति हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका बेला २०७८ सालमा त्रिवि दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले ओलीको प्रशंसा गर्दै फुटबलको खेलाडी पेलेसँग तुलना गरेका थिए ।

    ओली प्यानलबाट पदाधिकारीका अर्का आकांक्षी थिए– नेता लालबाबु पण्डित । तर, उनी प्यानलमा परेनन् त्यसपछि उनले सचिव पदमा उम्मेदवारी दिए ।

    ओली प्यानलमा नपरेपछि भीम आचार्यले पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images