images
images
  • काठमाडौं उपत्यकामा बढ्यो जाडो

    काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम घट्दो क्रममा छ । जसका कारण बिहान र बेलुकाको समयमा काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ ।

    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ ।आज बिहान गरिएको मापन अनुसार न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    उपत्यकामा बिहानको समयमा विभिन्न काममा निस्कने मानिसहरूले बाक्लो कपडा लगाउन थाली सकेको अवस्था छ, भने कतिपय मानिसहरू आगो ताप्न सुरु गरिसकेको अवस्था छ ।

    विशेष गरी बिहानको समयका विद्यालय, कलेज र विभिन्न काममा संलग्न मानिसहरू जाडोयाम सुरु भएसँगै बढी प्रभावित भएका देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images