images
images
  • महाधिवेशन : एमाले केन्द्रीय कमिटी बैठक, विधान संशोधन प्रस्तावमा छलफल

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।

    बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो । बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए ।

    बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images