images
images
  • काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस

    काठमाडौं– काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

    आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ बजे सार्वजनिक गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images