images
images
  • काठमाडौंको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलामा युवकको शव फेला

    काठमाडौं– काठमाडौंको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलमा बिहीबार बिहान एक युवकको शव फेला परेको छ ।

    साइकलसहित ती युवक खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रहरीले उनको साथमा रहेको कागजातबाट पहिचान खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

    यस विषयमा थप अनुसन्धान अघि बढाइसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images