images
images
  • एनपिएल : दुई खेल हुने, काठमान्डुले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल)मा आज मंसिर १८ गते बिहीवार दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुने भएको हो।

    पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् । दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

    काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। ऊ ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

    पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ। पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ । आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ।

    यस्तै, दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ। आज उसले छैटौं खेल खेल्दैछ। सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ।

    चितवन राइनोजले पनि छैटौं खेल खेल्दैछ। उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ। चितवनका लागि पनि प्लेअफमा पुग्न आजको खेल महत्त्वपूर्ण छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images