images
images
  • गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

    काठमाडौं – प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बुधबार शाक्यलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

    उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

    यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images