images
images
  • मधेस प्रदेशका मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिने

    काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने भएका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिने तयारी गरेको एमालले जनाएको छ ।

    आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिन लागेका हुन् ।

    सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

    सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको छ ।

    नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले राजीनामा दिन सुझाव दिएका हुन् । ‘अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत पुग्न सक्ने अवस्था देखिँदैन’, उनले भने, ‘त्यसैले राजीनामा दिँदा नै राम्रो हुन्छ भन्ने मेरो सुझाव छ ।’

    मुख्यमन्त्री यादवले पनि आफू निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images