images
images
  • एयरबसले ग्राउन्डेड गर्न निर्देशन दिएको नेपाल एयरलाइन्सका जहाज किन उडानमै छन् ?

    काठमाडौँ – युरोपेली जहाज निर्माता कम्पनी एयरबसले विश्वभरका ए३२० सिरिजका जहाज ग्राउन्डेड गर्न निर्देशन दिए पनि नेपाल वायुसेवा निगमको जहाज भने नियमित उडानमै छन्। यो सूचनाले नियमित उडानमा कुनै समस्या नपरेको निगमले जनाएको छ।

    निगमका अनुसार एयरबसबाट फ्लाइट कन्ट्रोल भन्ने सिस्टमको सफ्टवेयर अपडेट गर्ने भनेर सूचना आएको थियो । नेपाल एयरलाइन्सले प्रयोग गरिरहेको जहाजमा अहिले त्यो सफ्टवेयर नभएकाले नियमित उडानमै गरिरहेका छन् ।

    एयरबसले ए३२० सिरिजका जहाज ग्राउन्डेड गर्न भनेपछि निगमले पनि सबै प्राविधिक परीक्षण गरेको तर जहाजमा उक्त सफ्टवेयर नै नभेटिएकाले उडानमा कुनै समस्या नरहेको निगमले जनाएको छ ।

    शनिबारदेखि विश्वका ६ हजारभन्दा बढी ए३२० जहाज अस्थायी रूपमा ग्राउन्डेड भएका छन्। एयरबसले ए३२० सिरिजका जहाजको सफ्टवेयरमा समस्या देखिएकाले सबैमा प्राविधिक परीक्षण गर्नू भनेपछि विश्वका विभिन्न एयरलाइन्सको उडान अवरूद्ध भएको छ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत अक्टोबर ३० मा मेक्सिकोको क्यानकुनबाट न्यूजर्सी उडेको जेटब्लू अचानक तीव्र गतिमा तल खसेको थियो। यो घटनामा केही यात्रु घाइते समेत भएका थिए। त्यही जहाजको सफ्टवेयरमा गडबडी फेला परेपछि एयरबसले सबैमा प्राविधिक परीक्षण गर्न भनेको रोयटर्सले जनाएको छ।

    त्यसपछि विभिन्न एयरलाइन्सले आकस्मिक रूपमा सफ्टवेयर मर्मतपछि सञ्चालन गरिसकेका छन् भने धेरै विमान प्राविधिक समस्या समाधानपछि मात्र उड्ने गरी अस्थायी रूपमा ग्राउन्डेड भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images