images
images
  • एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशनका लागि देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि शनिबार देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् ।

    एमाले प्रचार विभागका अनुसार सबैजसो कमिटीमा प्रतिनिधि छनोट सम्पन्न भएको छ । धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन् भने ‘केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।

    छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुंग्याउने विभागले जनाएको छ ।विभागका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुने छन् ।

    शनिबार छनोट भएका प्रतिनिधि विवरण यही मंसिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न एमालेले निर्देशन दिएको छ । एमालेले यही मंसिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन हुने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images