images
images
  • बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन जारी

    काठमाडौँ – नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्रमा बिहीबार पनि प्रदर्शन भइरहेको छ। युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन्।

    प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो।सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ।

    हिजो एमालेद्वारा आयोजित कार्यक्रममा काठमाडौंबाट आउन लागेका शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेतालाई रोक्न युवाहरूले सिमरा विमानस्थलमा प्रदर्शन गरेका थिए।

    आफूहरूमाथि कुटपिट गर्ने एमालेका नेता तथा कार्यकर्तालाई पक्राउ गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन जारी राखेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images