images
images
  • मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    संविधानको धारा १६३ (२) अनुसार नियुक्त कर्णलाई सोमबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।

    कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो ।

    यसअघि मन्त्रिपरिषद्ले सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको थियो ।

    भण्डारीले संविधानविपरीत सर्लाहीको बर्दिबासमा एमालेका सरोज कुमार यादवलाई होटलमै मुख्यमन्त्रीको शपथ गराएपछि उनको कदम विवादित बनेको थियो ।

    त्यसपछि मधेश प्रदेश राजधानी जनकपुर दिनभर तनावग्रस्त बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images