images
images
  • मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड

    जनकपुरधाम– मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ ।

    आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।

    एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् ।

    झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् ।

    तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।

    मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ ।

    प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

    उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पुर्‍याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images