images
images
  • नेपाल टेलिकमद्वारा विद्यार्थीका लागि ‘NT Fiber Vidhyarthi Offer’ सार्वजनिक

    काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीवर्गलाई लक्षित गर्दै किफायती दरमा उच्चगतिको इन्टरनेट सेवा प्रदान गर्ने ‘NT Fiber Vidhyarthi Offer’ सुरु गरेको छ ।

    २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि लागू हुने यो अफर आज सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शुभारम्भ गर्नुभयो ।

    मन्त्री खरेलले आर्थिक रूपमा सक्षम नभएका विद्यार्थीका लागि सूचना प्रविधिमा पहुँच सुनिश्चित गर्न नेपाल टेलिकमले गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्दै जनतालाई सुसूचित र सम्पर्कमा राख्ने भूमिकामा कम्पनीको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

    FTTH scaled

    कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सचिव राधिका अर्यालले नेपाल टेलिकम नाफा भन्दा पनि सेवालाई प्राथमिकता दिने संस्थाको रूपमा काम गर्दै आएको बताउँदै राजस्व वृद्धिसँगै सेवा विस्तारमा जोड दिन आग्रह गर्नुभयो ।

    अफर अन्तर्गत विद्यार्थीले करसहित रु. ४,९९९ मा ३० एमबीपीएस इन्टरनेट सेवा एक वर्षका लागि प्राप्त गर्न सक्नेछन् ।

    यसमा रु. ५०० जडान शुल्क लाग्नेछ भने १ थान Dual Band CPE र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्रदान गरिनेछ।

    विद्यार्थीहरूले यो अफर माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    आवेदनका लागि विद्यार्थी परिचयपत्र, जन्ममिति खुल्ने प्रमाणपत्र, र नाबालिगको हकमा अभिभावकको नागरिकता वा पासपोर्ट प्रतिलिपि अनिवार्य हुनेछ ।

    अफरको विस्तृत जानकारीका लागि www.ntc.net.np http://www.ntc.net.np वा ग्राहक सेवाकेन्द्र १९८ मा सम्पर्क गर्न सकिनेछ ।

    2082.07.23 PR NT Fiber Vidhyarthi Data Offer

    प्रतिक्रिया दिनुहोस्
    images
    images