images
images
  • माओवादी–एस एकता पश्चात् कोशीका नेताहरूबीच कित्ताकाट, को कता ? (नामावलीसहित)

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीचको एकतासँगै कोशी प्रदेशमा नेताहरूबीच विवाद सतहमा आएको छ ।

    माओवादीसँग एकता गर्नेहरू र त्यसमा सहभागी नहुनेहरूबीच स्पष्ट विभाजन देखिएको छ ।

    माधवकुमार नेपाल प्रचण्डसँग मिल्दा वरिष्ठ नेता घनेन्द्र बस्नेतले असहमति जनाएका छन् ।

    पार्टी अहिले तीन भागमा विभाजित भएको छ ।

    माओवादीसँग नगएका नेताहरूको एक समूह घनश्याम भुसालको संयोजकत्वमा पार्टी पुनर्गठन अभियानमा लागेको छ ।

    रामकुमारी झाँक्री र किसान श्रेष्ठहरू एमालेमा फर्किँदै छन् ।

    कोशीमा पोलिटब्युरो सदस्य महेश रेग्मी, धर्म निरौला, अशेष घिमिरेलगायतका नेताहरू एकतामा सहभागी भएका छैनन् ।

    केन्द्रीय सदस्य भवानी खापुङ, अर्जुन राई, चन्द्रा श्रेष्ठ, नीलमणि बराल, निलम ढुङ्गेल, भीम बस्नेत, चिरञ्जीवी भट्टराई, सीता पौडेल र हरि काफ्ले पनि माओवादीसँग नजाने समूहमा छन् ।

    नेता धर्म निरौलाले ‘माधव नेपाल र प्रचण्डबीचको सहमतिमा समर्थन छैन, हामी पार्टी पुनर्गठनमा लागेका छौँ,’ भनेका छन् ।

    उनका अनुसार स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समितिका ३० भन्दा बढी प्रदेश नेता पुनर्गठन पक्षमा छन् ।

    कोशीमा उपाध्यक्ष जगन्नाथ खतिवडा र उपमहासचिव राजेन्द्र राई भने एकतामा सामेल भएका छन् ।

    सचिव बलदेव चौधरी अमेरिकामा रहेका कारण उनको धारणा खुल्न बाँकी छ ।

    प्रदेश सभाका चार सांसदमध्ये राजेन्द्र राई, खिनु लङ्वा लिम्बू र विद्या चाम्लिङ राई एकताको पक्षमा छन् भने पाँचथरका सांसद कमल जवेगु अझै निर्णायक अवस्थामै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images